वि.सं.२०८३ भदौ २२ सोमवार

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

khanepani

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच सोमबार टेलिफोन वार्ता भएको छ ।

वार्तामा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताको तर्फबाट गहिरो दु:ख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् ।

विपद्को यस दु:खद् घडीमा उनले नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएकोमा माल्दिभ्स सरकार तथा जनताप्रति गहिरो आभार व्यक्त गरे ।

टेलिफोन वार्ताका क्रममा दुवै विदेशमन्त्रीले जलवायु जोखिममा रहेका मुलुकहरूले सामना गरिरहेका साझा चुनौतीबारे छलफल गरेका थिए ।

क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवर्द्धन तथा थप प्रभावकारी जलवायु कार्यका लागि सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त भएको सचिवालयले जनाएको छ ।

ranechhap