वि.सं.२०८३ भदौ २२ सोमवार

‘पुनर्निर्माणका लागि स्थानीय तहले ठाउँ उपलब्ध गराएपछि संघ र प्रदेश मिलेर आवश्यक पूर्वाधार निर्माण गर्छ’

khanepani

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरेर प्रभावित क्षेत्रको पुनर्निर्माण गर्ने बताएका छन्। आज पत्रकार सम्मेलन राखेर मुख्यमन्त्री थापामगर महाविपत्तिबाट उठेर पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने बताए।

उनले भने, ‘सङ्घीय सरकार र स्थानीय तहको सरकारसँग आवश्यक समन्वय गर्छौँ। बजेट बनिसकेको छ। महाविपत्तिबाट धेरै संरचना ध्वस्त भएको छ, त्यहाँ पुनर्निर्माण गर्नुपर्छ।’

उनले पक्की पुल बगाएको ठाउँमा तुइन बनाएर काम सुरु गरेको भन्दै झोलुङ्गे पुल र बेलिब्रिज हाल्नपर्ने बताए।

उनले भने, ‘अहिले साना ठूला गरेर ४० वटा भन्दा बढी पुलहरू भत्किएका छन्। पूरै संरचना ध्वस्त भएको छ। त्यसलाई फेरि हामीले पुनर्निर्माण गर्नपर्नेछ।’

उनले पुनर्निर्माणको लागि पनि स्थानीय तहले उपलब्ध गराएको ठाउँमा तीन चहको सरकार मिलेर काम गर्ने बताए।

उनले भने, ‘पुननिर्माणका लागि स्थानीय तहले दिएका ठाउँलाई आवश्यक पर्ने बाटो, खानेपानी, विद्यालय, अस्पताल लगायतका पूर्वाधार प्रदेश र सङ्घीय सरकारबीच हातेमालो गरेर आआफ्नो जिम्मेवारी पूरा गर्छौँ।’

ranechhap