वि.सं.२०८३ वैशाख ८ मंगलवार

बाँकेमा उपचारका लागि आएका बर्दिया र दाङका छ जना कोरोना संक्रमितको मृत्यु

khanepani

काठमाडौं । बाँकेमा उपचारका लागि आएका बर्दिया र दाङका छ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाका चारजना र दाङका दुईजना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेको यो संख्या आइतबार साँझ ६:३० देखि सोमबार बिहान ९ः३० बजेसम्मको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका ३ का ४१ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार साँझ ६ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो ।

बर्दियाकै बासगढी नगरपालिका–६ का ५५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै सोमबार बिहान १ बजे मृत्यु भएको हो । उनीमा वैशाख ७ गते संक्रमण पुष्टि भएको थियो ।

बर्दियाकै गुलरीय नगरपालिका १२ का ५५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार बिहान १ः१५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

बर्दियाकै बढैयाताल गाउँपालिका २ की ७० वर्षीया महिलाको भेरी अस्पतालमा सोमबार बिहान ९ः३० बजे मृत्यु भएको ओलीले बताए । उनीमा जेठ २ गते संक्रमण पुष्टि भएको थियो ।

दाङको तुलसीपुर उपमहानगरपालिका ६ का ७१ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार राति ८ः४० बजे र लमही नगरपालिका ४ का ४३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार राति १२ः४५ बजे मृत्यु भएको उनले बताए । दुवैजनामा जेठ २ गते संक्रमण पुष्टि भएको उनले बताए ।

ranechhap