काठमाडौं । संसद विघटनको विपक्ष र कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नुपर्ने मागसहितको रिटमा माधव पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।
माधवपक्षीय सांसद निरादेवी जैरुका अनुसार अहिलेसम्म २३ सांसदले हस्ताक्षर गरिसकेका छन् । ‘अरु पनि आउने क्रम जारी छ । यो संख्या बढ्छ’, उनले भनिन् ।
सांसदहरू कानूनविद्को सहयोगमा सिंहदरबारमा वारेसनामा तयारीमा लागेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा २३ जनाको हस्ताक्षर र वारेसनामा पुगिसकेको र अन्यको नागरिकता मगाइएको जैरुले बताइन् ।
माधव नेपाल पक्षका प्रभावशाली नेता योगेश भट्टराई र गोकर्ण विष्टले भने रिटमा हस्ताक्षर गरेका छैनन् ।
हेर्नुस् रिटमा हस्ताक्षर गर्ने सांसदको सूची
-
विरोध खतिवडा,
-
जीवनराम श्रेष्ठ,
-
घनश्याम भुसाल,
-
सोमप्रसाद पाण्डे,
-
कृष्णलाल महर्जन,
-
झपट रावल,
-
निरादेवि जैरू,
-
सरला यादव,
-
कल्याणी खड्का,
-
लक्ष्मी चौधरी,
-
माधव नेपाल,
-
भीम रावल,
-
कलिला खातुन,
-
रामकुमारी झाँक्री,
-
झलनाथ खनाल,
-
पुष्पा कर्ण कायस्थ,
-
भवानी प्रसाद खापुङ,
-
यज्ञ सुनुवार,
-
पवित्रा निरौला,
-
मुकुन्द न्यौपाने,
-
मेटमणि चौधरी,
-
दिपक प्रकाश भट्ट,
-
नारायण खतिवडा









































