वि.सं.२०८३ जेठ २७ बुधवार

सभामुख डीपी अर्यालको चेतावनी, फरक विषय बोल्न थाल्नु भयो भने समय नदिने अवस्था आउन सक्छ

khanepani

काठमाडौं । सभामुख डीपी अर्यालले सांसदहरूलाई आकस्मिक समयमा फरक विषय नबोल्ने आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय मागेका सांसदहरूले आफूलाई जानकारी गराएको भन्दा फरक विषयवस्तु राखेको भन्दै सभामुखले ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘माननीय सदस्यहरू आकस्मिक समयमा बोल्नका लागि जुन विषयवस्तु यहाँहरूले सभामुखलाई जानकारी गराएर आकस्मिक समय माग्नुभएको हुन्छ । त्यो विषयभन्दा फरक विषयमा बोल्न थाल्नुभयो भने सभामुखले समय नदिनुपर्ने अवस्था आउन सक्छ ।’

ranechhap