काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत गर्ने भएको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले अन्य पदाधिकारी पदमा नेताहरूलाई मनोनीत गरेको छ। सचिवालयमा ११ जनालाई मनोनीत गरिएको नेता मनिष झाले बताए । उनका अनुसार उपसभापति, महामन्त्री,सहमहामन्त्रीसहित ४२ जना केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुनेछन्।







































