काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले जेठको पहिलो साता प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूले प्रश्नोत्तर गर्न पाउनुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभा कार्यसम्पादन नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने बताएकी हुन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले आज जेठ ४ गते भएको र अब लगातार बैठक बस्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीले प्रश्नोत्तर गर्न पाउने आशा व्यक्त गरिन् ।









































