हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार (७ भदौ)मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८ औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जनाएको हो ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठक बस्ने मिति र समय निर्धारण गरेका छन् ।
उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापाले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
बागमतीमा नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा ४ भदौ बिहीबार थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।






































