वि.सं.२०८३ असार २० शनिवार

बंगालको खाडीबाट आउँदै सामुद्रिक आँधी, भोलिदेखि नेपालमा पनि प्रभाव

khanepani

एजेन्सी । अरब सागरमा बनेको ताउ-ते सामुद्रिक आँधीको प्रभाव सकिएको केही दिन नबित्दै बंगालको खाडी नजिकैबाट अर्को आँधी आउने भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यास नाम दिइएको उक्त आँधी अहिले बन्ने क्रममा छ। मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने आँधी बुधबार पारादीप र सागर टापुमा ल्यान्ड हुनेछ। १८५ किलोमिटर प्रतिघन्टामा आउने आँधीका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गरी पश्चिम बंगाल, उडिसासहित उत्तरपूर्वी भारतीय राज्यहरूमा आवश्यक सावधानी अपनाइएको छ।

आइतबार सम्बन्धित राज्यका उच्च अधिकारीहरूसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तटीय क्षेत्रमा काम गरिरहेकाहरूलाई तत्काल निकाल्न निर्देशन दिएका छन्।

यास आँधीको प्रभाव मंगलबारदेखि नेपालमा पनि पर्न सुरू हुनेछ। ताउ-तेको प्रभावले पश्चिम क्षेत्रबाट वर्षा र हिमपात हुन सुरू भएको थियो भने यसपालि पूर्वी क्षेत्रबाट प्रभाव बिस्तारै पश्चिम सर्ने छ।

‘भोलिदेखि पूर्वका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ। त्यसैले पर्वतारोहीहरूलाई आरोहणको काम रोक्न भनेका छौं,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरूण पौडेलले भने,‘बुधबार, बिहीबारतिर केही ठाउँमा भारी वर्षाको पनि सम्भावना छ।’

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १० गते (सोमबार)

दिउँसो: पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ ११ गते (मंगलबार)

दिउँसो: प्रदेश १, बाग्मती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

राती: प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ १२ गते (बुधबार)

दिउँसो: प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेश सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

राती: प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

ranechhap