काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको खरिद तथा बिक्रीदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९२ रुपैयाँ ८१ पैसा तोकिएको छ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलरको खरिददर १११ रुपैयाँ ०२ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा तथा सिंगापुर डलरको खरिददर १२० रुपैयाँ २९ पैसा र बिक्रीदर १२० रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी रियालको खरिददर ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा कायम भएको छ।
यस्तै युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९७ पैसा र बिक्रीदर ११ रुपैयाँ ०१ पैसा, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ रुपैयाँ ६७ पैसा, स्वीडिस क्रोनरको खरिददर १६ रुपैयाँ १७ पैसा र बिक्रीदर १६ रुपैयाँ २४ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ९३ पैसा र बिक्रीदर २४ रुपैयाँ ०३ पैसा तोकिएको छ। हङकङ डलरको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, कुवेती दिनारको खरिददर ४९८ रुपैयाँ २६ पैसा र बिक्रीदर ५०० रुपैयाँ २१ पैसा, बहराइन दिनारको खरिददर ४०५ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९९ पैसा, ओमनी रियालको खरिददर ३९७ रुपैयाँ र बिक्रीदर ३९८ रुपैयाँ ५६ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
केन्द्रीय बैंकका अनुसार यो विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्नेछ भने वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक पर्न सक्नेछ।






































