वि.सं.२०८३ भदौ ६ शनिवार

विद्यालयबाट घर फर्किने क्रममा बाढीले बगाएकी बालिका तीन दिनपछि मृत फेला

khanepani

काठमाडौं । मकवानपुरमा बाढीले बगाएर बेपत्ता भएकी एक बालिकाको शव तीन दिनपछि फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरकी ११ वर्षीया बालिका सुमित्रा ब्लोन शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

बस्तीपुरस्थित निर्मल माविबाट घर फर्कने क्रममा २ भदौमा हेटौंडा उपमहानगरपालिका-१९ मा बासुदेव खोलाले बगाउँदा उनी बेपत्ता भएकी थिइन् । प्रहरी र स्थानीय मिलेर उनको खोजी गरिएको थियो ।

खोलाले बगाएको ठाउँभन्दा करिब ५ किलोमिटर तल मनहरी गाउँपालिका-३ लामिटारस्थित राप्ती खोलामा सुमित्राको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

खोलाले बगाएका मध्ये एक जनाको तत्काल उद्धार गरिएको थियो भने एक जना सोही दिन मृत फेला परेकी थिइन् । अर्की बालिकाको शव भने भोलिपल्ट अर्थात ३ भदौमा फेला परेको थियो ।

ranechhap