वि.सं.२०८३ भदौ ५ शुक्रवार

दुर्गा प्रसाईंको घरमा प्रहरीको छापा: मोबाइल र आईप्याड बरामद

khanepani

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ।

बिहीबार दिउँसो भक्तपुर प्रहरी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली ठूलो संख्यामा प्रसाईंको निवास पुगेर खानतलासी गरेको हो।

खानतलासीका क्रममा प्रहरीले केही थान मोबाइल डिभाइस र आईप्याड नियन्त्रणमा लिएको छ। प्रहरीले उक्त खानतलासीको ठोस कारणबारे हालसम्म कुनै औपचारिक जानकारी दिएको छैन।

ranechhap