वि.सं.२०८२ फागुन २३ शनिवार

भारतमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन लाख बढी

khanepani

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन लाख पार गरेको छ।

सरकारी तथ्यांकअनुसार आइतबारसम्म भारतभरि तीन लाख तीन हजार मानिसले ज्यान गुमाएका छन्। कोरोनाका कारण भएका कतिपय मृत्यु सरकारी रेकर्डमा नभएकाले यो संख्या निकै धेरै हुन सक्ने विज्ञहरूले बताएका छन्।

बितेका २६ दिनमामात्र भारतमा १ लाख कोरोना संक्रमितको मृत्यु भएको छ। यति थौरै समयमा १ लाख संक्रमितको मृत्यु हुने भारत एकमात्र मुलुक हो। अमेरिकामा गत डिसेम्बर(जनवरीमा ३१ दिनमा एक लाख संक्रमितले ज्यान गुमाएका थिए।

मृतकको संख्या तीन लाख पार गरेसँगै भारत कोरोनाबाट धेरै नागरिकको मृत्यु हुने संसारकै तेस्रो मुलुक बनेको छ। भारतअघि रहेका ब्राजिलमा ४ लाख ४९ हजार र अमेरिकामा ६ लाख ४ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन्।

पछिल्लो समयमा भारतमा दैनिक संक्रमितको संख्या घटेको देखिए पनि दैनिक मृत्यु भने ४ हजारको आसपासमा रहिरहेको छ।

आइतबार २ लाख २२ हजार संक्रमित थपिँदा मृत्यु हुनेको संख्या भने ४ हजार ४ सयभन्दा बढी रहेको छ।