वि.सं.२०८३ भदौ ५ शुक्रवार

सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

khanepani

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका ३ बस्ने ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै, प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ सुक्नाह बस्ने ४५ वर्षीय चन्देश्वर दास पनि घाइते भएका छन् । घाईतेको जनकपुरस्थित गोल्डेन अस्पताल धनुषामा उपचार भई रहेको छ ।

ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका–३ बस्ने २६ वर्षीय अदुत शेखलाई नियन्त्रणमा लिइएको र दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरी चौकी पर्साको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

ranechhap