वि.सं.२०८२ वैशाख ६ शनिवार

जसपा संसदीय दलमा उपेन्द्र पक्षको ४० प्रतिशत पुगेन, देउवा प्रधानमन्त्री हुने आधार कमजोर

काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद ४० प्रतिशत पनि नपुगेपछि जसपाको आधिकारिकता महन्थ ठाकुर पक्षले पाउने देखिएको छ ।

जसपाका ३२ जना सांसदमध्ये कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दावीमा १२ जना मात्र सांसदको हस्ताक्षर रहेको कांग्रेस संसदीय दलको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यो भनेको जसपा संसदीय दलको ३७ प्रतिशतमात्र संख्या हो । दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत संख्या हुनुपर्छ ।

जसपाका २० जना सांसद महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा खुलेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेसका ६१, माओवादी केन्न्द्रका ४९, एमालेका २६, जसपा नेपालका १२ र राष्ट्रिय जनमोर्चाका एकजना गरि १४९ सांसदको हस्ताक्षर रहेको कांग्रेसले जनाएको छ ।