वि.सं.२०८३ वैशाख २ बुधवार

कांग्रेसका केन्द्रीय समिति भंग गरौँ: पूर्व मुख्यमन्त्री कार्की

khanepani

विराटनगर । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टीको वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेर तत्काल ‘एकताको महाधिवेशन’ मा जान प्रस्ताव गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता कार्कीले पार्टीलाई सम्भावित राजनीतिक दुर्घटनाबाट बचाउन नियमित महाधिवेशनको विकल्प नरहेको बताए ।

उनले वर्तमान अवस्थाको जिम्मेवार सभापति मात्र नभई पदाधिकारीहरू पनि रहेको दाबी गरेका छन् । नेतृत्वको बचाउ वा आलोचनामा रुमल्लिएको भन्दै उनले पदाधिकारीहरूले समग्र पार्टी र देशका लागि सकारात्मक सन्देश दिन नसकेको आरोप लगाएका छन् ।

उनले भने “हिजो पनि आज पनि सभापतिको मात्र दोष र कमजोरी होइन, पदाधिकारी पनि त्यत्तिकै दोषी छन्, जसले समग्र पार्टी र देशको लागि सन्देश दिन सकेनन्, समिति भंग गरौँ, वार्ता गरौँ ।

उनले महाधिवेशन तयारी समिति बनाएर एकताको नियमित महाधिवेशनमा गए पार्टी दुर्घटनाबाट बँच्न सक्ने बताएका छन् ।

ranechhap