वि.सं.२०८३ वैशाख ६ आइतवार

निर्धारित समय भन्दा करिब २ घण्टा ढिला गरी बागमती प्रदेशसभा बैठक सुरु

khanepani

मकवानपुर । निर्धारित समय भन्दा ढिला गरी बागमती प्रदेशसभा बैठक सुरु भएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक करिब २ घण्टा ढिला गरी सुरु भएको हो । बैठक दिउँसो १ बजेटबाट सुरु भएको हो ।

प्रदेशसभाको आन्तरिक तयारीका लागि केही समय लाग्दा बैठक सञ्चालन ढिला भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । आजको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने २ वटा विधेयक र सो विधेयक माथि परेका संशोधन प्रस्तावबारे छलफल हुने छ ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

ranechhap