वि.सं.२०८३ वैशाख ६ आइतवार

वार्ताबीच इरानको सैन्य शक्ति प्रदर्शन, दुस्मनका १८० ड्रोन र एफ-३५ खसालेको दाबी

khanepani

एजेन्सी । अमेरिका-इरानबीच वार्ता जारी रहेका बेला इरानले आफ्नो सैन्य क्षमताबारे संसारलाई कडा सन्देश दिएको छ ।

अलजजिराका अनुसार, इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले राज्य सञ्चारमाध्यमसँग कुरा गर्दै तेहरानको सैन्य क्षमता उच्च रहेको दाबी गरेका हुन् । उनी अमेरिकासँग वार्ता गर्ने प्रमुख वार्ताकार समेत हुन् ।

उनले इरानी सेनाले हालसम्म सत्रु पक्षका १८० वटा ड्रोन र एक एफ-३५ लडाकु विमान खसालेको दाबी गरे ।

घालिबाफको यो अभिव्यक्ति वार्ताको संवेदनशील चरणमा आएको हो, जसलाई विश्लेषकहरूले कूटनीतिक दबाब र शक्ति प्रदर्शनको रूपमा हेरेका छन् । सभामुख मोहम्मद बाघेर घालिबाफले एफ-३५ लडाकु विमानमाथि आक्रमण कुनै एकपटकको घटना मात्र नभई प्राविधिक र डिजाइन क्षमताको समग्र अपरेसन भएको बताएका छन् ।

इरानको न्यायपालिका अन्तर्गतको आधिकारिक समाचार संस्था मिजान न्युज एजेन्सीलाई दिएको अभिव्यक्तिमा उनले भने,एफ-३५ नजिक विस्फोट भएको मिसाइलले शत्रुलाई हाम्रो क्षमता र हामी कुन दिशामा अघि बढिरहेका छौं भन्ने बुझाएको छ ।

यस अघि अमेरिकी सैन्य अधिकारीहरूले गत महिना इरानमाथि सञ्चालन गरिएको अभियानमा संलग्न एक एफ-३५ लडाकु विमानले क्षेत्रमा रहेको एक एयरबेसमा आपतकालीन अवतरण गरेको बताएका थिए ।

सीएनएनले दुई अज्ञात स्रोतलाई उद्धृत गर्दै उक्त विमान इरानी आक्रमण भएको आशंकापछि अवतरण गर्न बाध्य भएको जनाएको थियो ।

ranechhap