वि.सं.२०८३ वैशाख ३ बिहीवार

इरानको खार्ग टापु कब्जामा लिने तयारीमा ट्रम्प

khanepani

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको खार्ग टापु कब्जामा लिने तयारी गरिरहेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

युद्धकै बीच यस्तो योजना अघि बढाइएको भन्दै उक्त कदममार्फत ईरानमाथि दबाब सिर्जना गरी होर्मुज जलडमरु खोल्न बाध्य पार्ने उद्देश्य रहेको जनाइएको छ ।

अमेरिकी सञ्चार माध्यम एक्सिओसका अनुसार अमेरिका पहिले सैन्य आक्रमणमार्फत ईरानलाई कमजोर बनाउने र त्यसपछि महत्वपूर्ण तेल निकासी केन्द्र खार्ग टापुमा नियन्त्रण कायम गरी वार्तामा आफ्नो पकड बलियो बनाउने रणनीतिमा रहेको बताइएको छ ।

खार्ग टापु ईरानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ, किनकि त्यहाँबाट करिब ९० प्रतिशत तेल निर्यात हुने गर्दछ ।

तर अमेरिकी प्रशासनले सो क्षेत्रतर्फ थप सैनिक परिचालन गर्न अनुमति दिइसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ranechhap