वि.सं.२०८३ वैशाख ६ आइतवार

नेपाली कांग्रेसद्वारा संविधान संशोधनका विषयमा अध्ययन गर्न गठित सुझाव समितिलाई पूर्णता

khanepani

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा १६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन गरिएको हो।

पार्टी केन्द्रीय कार्यसमितिको गत चैत ११ गतेको निर्णय अनुसार गठित समितिमा वरिष्ठ अधिवक्ताहरू र कानुनविद्हरूलाई समेटिएको छ।

समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम के।सी। र ललितकुमार बस्नेत सदस्य रहेका छन्।

त्यस्तै, अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक सदस्य रहेका छन् भने सदस्य सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवाललाई दिइएको छ।

कांग्रेसले संविधान जारी भएको १० वर्ष पुगेको सन्दर्भमा यसको गतिशीलता र अभ्यासका क्रममा देखिएका समस्यालाई सम्बोधन गर्न यो पहलकदमी लिएको जनाएको छ।

ranechhap