वि.सं.२०८३ वैशाख ८ मंगलवार

बर्दियाको भवन तथा बस्ती बिकास शाखाका इन्जिनियर डेढ लाख घुससहित पक्राउ

khanepani

काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिकास्थित भवन तथा बस्ती बिकास शाखामा कार्यरत इन्जिनियर डेढ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा बस्ती बिकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्लले वडा नम्बर ७ मा रहेको जनता माध्यामिक बिद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग डेढ लाख घुससहित पक्राउ गरेको जानकारी दिएको छ ।

उनलाई घुस रकमसहित बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती बिकास शाखाबाट विहिबार पक्राउ गरेको जानकारी दिएको छ ।

ranechhap