काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी विभाजनतिर अग्रसर भएको स्वीकारेका छन्।
केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी विभाजन रोक्न आफू लागिरहेको बताए।
उनले भने, ‘पार्टी क्रिटिकल अवस्थामा गएको छ, सबैले बाहिर देखिराख्नुभएको छ। मलाई त धेरै महसुस भएको छ। मैले पनि पार्टी विभाजन भोगेको छु, देखेको छु।’
देश सङ्कटमा परेको बेलामा पार्टी विभाजित हुन नहुने भन्दै आफू लागिरहेको बताए।







































