वि.सं.२०८३ वैशाख २ बुधवार

कहिले निकालिन्छ त्रिशूली किनारामा भेटिएको बसको अवशेष ?

khanepani

चितवन । नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालभन्दा तीन सय मिटर तल तनहुँतर्फ त्रिशूली नदी किनारामा बालुवाले पुरेको अवस्थामा भेटिएको बसको अवशेष तीन दिनसम्म पनि निकाल्न सकिएको छैन ।

आइतबार नदी किनारामा निलो रङको बस स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । डेढ वर्ष अघि सिमलतालबाट खसेको दुई मध्ये एउटा बस हुनसक्ने आशंका गरि बस निकाल्न थालिएपनि तीन दिनसम्म पनि बालुवाबाट बसको अवशेष निकाल्न सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय तनहुँले समन्वय गरेर बस निकाल्न लागिएको छ । दुई दिनसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेतका सुरक्षाकर्मीले बस निकाल्न कोसिस गरिएपनि निकाल्न नसकिएको तनहुँका प्रहरी प्रमुख एसपी टेकबहादुर कार्की बताउँछन् ।

प्रहरीले आजसम्म बेल्चा, कोदाला लगायतका हाते औजारले खनेर बस निकाल्ने कोसिस गरेको थियो । तर, त्रिशूली किनारामै बस गाडिएको अवस्थामा रहेको, खनेको खाल्डो पानीले तुरुन्तै भरिने कारणले बस निकाल्न समस्या भएको छ ।

एसपी कार्कीले स्थलगत अनुगमन गरि खनेर निकाल्न नसक्ने निर्णय गरि क्रेन लगेर निकाल्ने तयारी गरिएको बताए । उनले आज बल्ल क्रेन लगिने बसको अवशेष निकाल्न यति नै दिन लाग्छ भन्न नसकिने पनि जानकारी दिए ।

२०८१ असार २८ गते भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने सिमलतालबाट त्रिशूली नदीमा बाढीले बगाएर दुई वटा बस बेपत्ता भएको थियो । बसमा सवार अधिकांंश यात्रु पनि बससँगै बेपत्ता भएका थिए । दुई मध्ये एउटा गणपति डिलक्सको बस निलो रङको भएको कारण आँबुखैरेनी ३, त्रिशूली किनारामा भेटिएको बस गणपति डिलक्सको हुनसक्ने अनुमान गरेर उत्खनन गरिएको हो

ranechhap