वि.सं.२०८३ भदौ ९ मंगलवार

कालीमाटी बजार: आजको अधिकतम थोक मूल्य

khanepani

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार तरकारीतर्फ गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) रु १००, गोलभेँडा सानो (लोकल) रु ४५, गोलभेँडा सानो (टनेल) रु ६८ र गोलभेँडा सानो (भारतीय) रु ५५ कायम भएको छ। आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो र मुढे) रु ५३, आलु रातो (भारतीय) रु ४०, आलु सेतो रु ३८ तथा सुकेको प्याज (भारतीय) प्रतिकिलो रु ९० निर्धारण गरिएको छ।

यसैगरी गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) रु ८०, बन्दा (लोकल) रु ३०, काउली स्थानीय रु ११०, रातो मूला रु ३०, सेतो मूला (हाइब्रिड) रु ३५, भन्टा लाम्चो रु २५, भन्टा डल्लो रु ५०, बोडी तने रु ९०, मकै बोडी रु १२०, घिउ सिमी (लोकल तथा हाइब्रिड) रु १००, टाटे सिमी रु ८०, भटमास कोसा रु १३०, तीते करेला रु ५०, लौका रु ६०, परवर (लोकल) रु ७०, परवर (तराई) रु ८०, चिचिण्डो र घिरौँला रु ३०, झिगुनी रु ७०, पाकेको फर्सी र हरियो डल्लो फर्सी रु ६०, भिन्डी रु ४०, सखरखण्ड रु १२०, पिँडालु रु ८०, स्कुस रु ५०, चुकन्दर रु ७०, गान्टेमूला रु १५०, इमली रु १८० तथा काँक्रो (लोकल रु ५०, हाइब्रिड रु २०, लोकलक्रस रु ५०) कायम भएको छ।

सागपात तथा च्याउतर्फ रायोसाग प्रतिकिलो रु १२०, पालुङ्गो रु २५०, तोरीको साग रु १००, हरियो प्याज रु २००, निउरो रु १००, ब्रोकाउली रु १६०, सजीवन रु २५०, रातो बन्दा रु ५०, सौफको साग रु १५०, जिरीको साग र सेलरी रु ५००, पुदिना रु ७००, पार्सले रु १,८०० तोकिएको छ। यस्तै च्याउ (कन्य) प्रतिकिलो रु ३००, डल्ले च्याउ रु ५००, राजा च्याउ रु ३३० र सिताके च्याउ रु १,००० निर्धारण गरिएको छ। यसबाहेक तामा र तोफु प्रतिकिलो रु १६०, गुन्द्रुक रु ३५० तथा रुख टमाटर रु ३०० रहेको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३५०, नेपाली केरा प्रतिदर्जन रु ३००, मालभोग केरा प्रतिदर्जन रु २००, कागती र अनार रु ३००, आँप (मालदह रु २८०, चोसा रु २५०), हरियो तरबुजा रु ६०, जुनार रु २००, भुइँकटहर प्रतिगोटा रु २००, रुखकटहर रु ६०, नास्पाती (लोकल रु ९०, चाइनिज रु २५०), मेवा (नेपाली रु ८०, भारतीय रु १००), लप्सी रु ६०, किबी रु ४००, एभोकाडो रु २५०, अमला रु २००, काँचो नरिवल रु ८०, हरियो नरिवल रु १७० र नेपाली ड्रागन फ्रुट रु ५०० तोकिएको छ।

मसला तथा माछातर्फ अदुवा प्रतिकिलो रु ३००, सुकेको खुर्सानी रु ५५०, हरियो खुर्सानी (लाम्चो र बुलेट रु ६०, माछे रु ५०, अकबरे रु ३००), भेडे खुर्सानी रु ५०, हरियो लसुन रु २००, हरियो धनियाँ रु ५००, सुकेको चाइनिज लसुन रु २२०, सुकेको नेपाली लसुन रु २००, छ्यापी (सुकेको तथा हरियो) रु २००, सुकेको माछा रु १,०००, ताजा माछा (रहु रु ३७०, बचुवा रु ३४० र छडी रु ३५०) निर्धारण भएको छ।

ranechhap