वि.सं.२०८३ वैशाख ३ बिहीवार

सिडिएससीले गर्‍यो १०० प्रतिशत नगद लाभांश दिने, मेरो शेयर प्रयोगकर्ता ६३ लाख नाघे

khanepani

काठमाडौँ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले शेयरधनीलाई १०० प्रतिशत नगद लाभांश दिने भएको छ ।

सोमवार भएको सिडिएसीको १५औँ वार्षिक साधारण सभाले उक्त नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । सिडिएससीले निरन्तर चार वर्षदेखि शेयरधनीहरुलाई १०० प्रतिशत लाभांश दिँदै आएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकले जानकारी दिइन् । उनका अनुसार वार्षिक साधारण सभाले प्रविधिमा गरेको सुधार, लगानीकर्ताको बढ्दो सहभागिता र आगामी रणनीतिक योजनाहरू समेत पारित गरेको छ ।

सिडिएससीले आफ्ना सेयरधनीहरूलाई उच्च प्रतिफल दिने क्रमलाई निरन्तरता दिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १०० प्रतिशतले हुन आउने ३० करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। यसअघि आ.व. २०८०÷८१ मा पनि कम्पनीले ३० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो।

मेरो शेयर प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि

कम्पनीले सञ्चालन गरेको मेरो शेयर प्लेटफर्म प्रयोग गर्ने लगानीकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । आ.व. २०७९÷८० सम्म ४८.२६ लाख, आ.व. २०८०/८१ सम्म ५३.६९ लाख र २०८१/२०८२ मङ्सिर मसान्तसम्म ६३.१६ लाख पुगेका छन् । यो तथ्याङ्कले पुँजी बजारमा प्रविधिको प्रयोग र आम नागरिकको आकर्षण बढ्दै गएको देखाएको छ।

सिडिएससीले राफसाफ तथा फछ्र्यौट प्रक्रियालाई सहज बनाउन विभिन्न प्राविधिक सुधारहरू गरेको जनाएको छ । नाबालक बालिग भएपछि नागरिकता विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था, बोनस तथा हकप्रद शेयरमा पुँजीगत लाभकर गणनामा सुधार र अफलाइन डाटा ब्याकअपको व्यवस्था गरिएको छ।

प्राकृतिक विपद् वा भवितव्यको अवस्थामा पनि सेवा नरोकिने सुनिश्चित गर्न हेटौँडास्थित डिजास्टर रिकभरी साइटको त्रैमासिक परीक्षण गर्ने गरिएको छ । कम्पनीले भविष्यमा पुँजी बजारलाई थप आधुनिक बनाउन निम्न योजनाहरू अघि सारेको छ ।

धितो पत्र अभौतिकीकरण सम्बन्धी निर्देशिका र विनियमहरूमा समयानुकूल संशोधन गरी नेपाल धितो पत्र बोर्डमा पेस गरिएको प्रतिवेदनमा उल्लेख छ । सिडिएससीले बढ्दो बजार र प्रविधिको विकाससँगै आउने चुनौतीहरू, जस्तै साइबर सुरक्षा र पूर्वाधार व्यवस्थापनलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।

ranechhap