काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा परेकामध्ये ५० जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।
नेकपा एमालेका ३ जनासहित अहिलेसम्म ५० जनाले बन्दसूचीबाट नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
यस्तै राप्रपाबाट ताराकुमारी माझी र जनमत पार्टीको खसआर्यबाट प्रेम प्रसाद आचार्यले नाम फिर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।









































