वि.सं.२०८३ भदौ १४ आइतवार

विशेष महाधिवेशनको पक्षमा काभ्रे कांग्रेस, सहभागिताका लागि प्रतिनिधिलाई अनुरोध

khanepani

काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लाका सबै महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागिताका लागि अनुरोध गरेको छ ।

जिल्ला सभापति तीर्थ लामाले बिहीबार विज्ञप्तिमार्फत जिल्लाका सबै महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन अनुरोध गरेका हुन् ।

‘नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित को धारा १७ (२) बमोजिम आह्वन गरिएको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा अनिवार्य उपस्थिति र सक्रिय सहभागिताका लागि काभ्रे जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेस काभ्रेका अग्रज तथा विभिन्न तहका जिम्मेवारीमा रहेका व्यक्ति तथा सदस्यहरू र शुभचिन्तकहरूलाई समेत उपस्थितिका लागि अनुरोध गरिएको छ ।

ranechhap