वि.सं.२०८३ वैशाख २६ शनिवार

रुपन्देही ३ मा एमालेको उम्मेदवार उठाउन वासुदेव घिमिरेसहित १० जना प्रस्तावित

khanepani

रुपन्देही । नेकपा एमाले रुपन्देही- ३ वासुदेव घिमिरेसहित १० जनाको नाम प्रस्ताव गरिएको छ । २०७९ को चुनावमा घिमिरे रुपन्देही ५ बाट निर्वाचित भएका थिए ।

उनले केही दिनअघि सामाजिक सञ्जालबाट एमाले छाडेको घोषण गरेपछि एमाले पङ्ति तरंगित बनेको थियो । पछि निकटस्थहरूको जोडबलमा रोकिए । उपाध्यक्ष विष्णु पौडेलसमेतले उनलाई एमालेमै फर्काउन वार्ता गरे ।

रुपन्देहीको ३ मा पर्ने तिलोत्तमा नगरपालिकामा मेयरसमेत बनेका उनी ०७९ को चुनावमा तुलनात्मकरूपमा एमालेको कमजोर क्षेत्र मानिएको ५ मा गएर कांग्रेसका भरत कुमार शाहलाई ९ हजार ७०२ मतान्तरले हराएका थिए ।

उम्मेदवार सिफारिसको लागि अहिले भैरहवास्थित सनस्टार होटलमा बैठक । बैठकमा घिमिरे भने सहभागी छैनन् । बैठकमा सहभागी एमाले जिल्ला सदस्य उमा अधिकारीका अनुसार आकांक्षीहरूले भन्दा अरुले फ्लोरमा सम्भावितको नाम प्रस्तावित गरेका छन् ।

घिमिरेसहित सिद्धार्थनगरका पूर्वमेयर हरि अधिकारी, अनेमसंघ प्रदेश अध्यक्ष पम्पावती खनाल, एमालेका पुराना नेता राजेन्द्र पन्थी जिल्ला उपाध्यक्ष हितराज पन्थीसहित १० जनाको नाम आएको छ ।

यी नाममा छलफल गरेर सकेसम्म थोरैजनाको सिफारिस गरेर पठाउने बताइएको छ ।

ranechhap