वि.सं.२०८३ वैशाख २६ शनिवार

मध्यपूर्वका कांग्रेस जनसम्पर्क समितिहरूको अधिवेशन सम्पन्न, कतारमा सदस्यता विवाद

khanepani

आबुधाबी, युएई । नेपाली कांग्रेसकझ मध्यपूर्व क्षेत्रमा सक्रिय जनसम्पर्क समितिले विभिन्न देशमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेका छन्।

प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्दै कांग्रेसको विचार, नीति तथा कार्यक्रम प्रवर्द्धन गर्ने उद्देश्यसहित गठन गरिएका यी समितिहरूले साउदी अरेबिया, बहराइन, ओमान, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) लगायतका देशमा अधिवेशनमार्फत कार्यसमिति गठन गरेका हुन् ।

नेपाली जनसम्पर्क समिति अन्तर्गत मध्यपूर्वका देशमा रहेका समितिहरूमध्ये ओमान र साउदी अरेबियाले तेस्रो, बहराइनले चौथो तथा युएईले पाँचौँ अधिवेशन सम्पन्न गरेको छ ।

साउदी अरेबिया र युएईमा जनसम्पर्क समिति विभाग प्रमुख एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य किरण पौडेलको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो । यस्तै बहराइनमा विभागका केन्द्रीय सदस्य राज रेग्मी, तथा ओमानमा केन्द्रीय समितिका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा अधिवेशन गरिएको हो ।

अधिवेशनले बहराइनमा शेरबहादुर रावत, ओमानमा संजयकुमार शाह, साउदी अरेबियामा अर्जुन थापा र नेपाली जनसम्पर्क समिति युएईमा भुवानीप्रसाद तिमिल्सिनाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ ।

बहराइन र ओमानबाट ७, जना र युएई र साउदी अरबबाट १४ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको छ। चयन भएका प्रतिनिधिहरूले नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा मतदान गर्न पाउने छन्।

अधिवेशनमा प्रवासी नेपाली समुदाय, कांग्रेसका शुभेच्छुक, व्यवसायी, श्रमिक तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागी वक्ताहरूले प्रवासमा नेपाली श्रमिक हक, सामाजिक एकता, उद्धार तथा कानुनी सहायताका क्षेत्रमा समितिहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनपछि नवनिर्वाचित नेतृत्वलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गर्दै आगामी दिनमा संगठनलाई अझ सशक्त, समावेशी र समुदायमुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

कतारमा अधिवेशन अनिश्चितकालका लागि स्थगित
सहमति जुट्न नसक्दा र आपसी गुटगतका कारण जनसम्पर्क समिति कतारको अधिवेशन हुन नसकेको हो। गएको डिसेम्बर २६ तारिक हुने तय भएको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ।

५ हजार ६ सय ५६ जना बाट तय गरिएको २०६३ कृयाशील सदस्यमा समेत सहमति जुट्न नसक्दा कतारको अधिवेशनअनिश्चितकालका लागि स्थगित भएको हो।

ranechhap