वि.सं.२०८३ वैशाख २७ आइतवार

करिब ३ सय ३० किलो गाँजासहित मोरङबाट २ जना पक्राउ

khanepani

मोरङ । जहदा गाउँपालिका-२ तरिगमाबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३० किलोग्रामसहित २ जना भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारत अररिया चन्दामोहन-५ बस्ने २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार राति उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीले पछिल्ला केहीदिन यता विभिन्न जिल्लामा ठूलाे परिमाणमा लागू‍औषध बरामद गरिरहेकाे छ ।

ranechhap