वि.सं.२०८३ वैशाख १८ शुक्रवार

अल्पसंख्यक आदिवासी समुदायका तीन एमाले नेता,आरक्षणबाहिरको खुला प्रतिस्पर्धाबाट निर्वाचित

khanepani

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा अल्पसंख्यक आदिवासी जनजाति समुदायतका ३ नेताले खुला क्लस्टरमा प्रतिस्पर्धा गरेर निर्वाचित भएका छन् ।

सुनुवार समुदायबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुँदा यज्ञराज सुनुवार र उर्मिला सुनुवार दुवैजनाले आरक्षणबाहिरको क्लस्टरमा प्रतिस्पर्धा गरेका थिए। यसअघि दुईपटक आदिवासी जनजाति कोटाबाट जितेका यज्ञराज सुनुवार यसपटक खुला कोटामा १२९२ मतसहित निर्वाचित भएका छन् ।

त्यस्तै, उर्मिला सुनुवारले महिला खुला क्लस्टरबाट १८५८ मतका साथ जित निकालेकी छन् । अर्को अल्पसंख्यक लेप्चा समुदायकी सकुन्तला लेप्चा पनि खुला महिला क्लस्टरबाट १८८५ मतसहित बिजयी भएकी छन् । उनी संविधान सभा सदस्य समेत थिइन् ।

यज्ञराज ओखलढुंगाबाट २ पटक सांसद निर्वाचित भइसकेका नेता हुन् भने उर्मिला दोलखाबाट वागमती प्रदेश सभा सदस्य हुन् । लेप्चा इलामबाट संविधान सभा सदस्य भएकी थिइन् ।

ranechhap