वि.सं.२०८३ वैशाख १९ शनिवार

जेनजी आन्दोलनमा संसद भवनकी सुरक्षा कमाण्डर एलिजा गिरी बयान दिन पुगिन् सिंहदरबार

khanepani

काठमाडौं । जेनजी आन्दोलनको पहिलो दिन नयाँ बानेश्वरस्थित संसद भवनको कमाण्डरका रूपमा खटिएकी डीएसपी एलिजा गिरी बयानका निम्ति सिंहदरबारस्थित जाँचबुझ आयोगको सचिवालय पुगेकी छन् ।

कालिमाटी वृत्तका डीएसपी मधुकुमार थापा पनि त्यहाँ पुगेका छन् ।

थापा जेनजी आन्दोलनका घाइते तथा जिल्ला प्रहरी परिसर सुरक्षाका खटिएका बापत प्रहरी दिवसमा पुरस्कृत भएका थिए ।

गिरी भदौ २३ मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनको सुरक्षाका निम्ति खटिएकी थिइन् । हाल उनी थानकोट प्रहरी वृत्तमा कार्यरत रहेकी छन् ।

ranechhap