काठमाडौँ । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेकपा माओवादीमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका अध्यक्ष किरातीबिच सहमति पत्रमा हस्ताक्षर गरेर पार्टी प्रवेश गरेका हुन् ।
सोमबार पार्टी प्रवेशसँगै प्रचण्डसँग हात मिलाउँदै उनले देशी विदेशी प्रतिक्रियावादी दलाललाई ध्वस्त पारेरै छोड्ने प्रतिबद्धता जनाए ।
‘कमरेड प्रचण्ड लाल सलाम ! नेपाली क्रान्ति सम्पन्न गरेरै छोड्छौँ । समाजवादी क्रान्ति सम्पन्न गरेरै छोड्छौँ । स्वदेशी र विदेशी प्रतिक्रियावादी दलालहरुलाई धुलोपिठो पारेरै छोड्छौँ’, उनले भने ।
माओवादीका पूर्व नेता रहेका किराती २०७५ सालमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता गरेर नेकपा गठन गरेपछि उनले पार्टी पुनर्गठन गरेका थिए ।
तर सर्वोच्च अदालतले नेकपा विघटन फैसलाले साबिक पार्टी कायम गरिदिएपछि उनले नयाँ पार्टी गठन गरेका थिए ।






































