वि.सं.२०८३ जेठ ३० शनिवार

कोरोनाको महामारीको कारणले मोरङ र सुनसरीमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

khanepani

विराटनगर । मोरङ र सुनसरीका अस्पतालमा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म १२ जनाको मृत्यु भएको हो ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन, कोसी अस्पताल (कोभिड १९) उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन,र विराटनगर अस्पताल र विराट मेडिकल कलेजमा १–१ जनाको मृत्यु भएको हो ।

विराटनगर शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका ६ की ७० वर्षीया वृद्धा महिलाको मङ्गलबार बिहानका राति १२:३० बजे मृत्यु भएको हो । उनलाई वैशाख १९ गते भर्ना गरिएको थियो ।

विराटनगर अस्पतालमा धनुषाको विदेह ५ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ९ बजे मृत्यु भएको हो । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

नोबेलमा मेडिकल कलेजमा विराटनगर १६ का ५२ वर्षीय पुरुषको छ । उनको बिहान ४ बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण यकिन भएपछि वैशाख २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रवन्धक नारायण दाहालले बताए ।

नोबेलमै धनुषाको जनकपुर ४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । २२ गते भर्ना भएका पुरुषको बिहान ४:३० बजे मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका ८ का ५५ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । वैशाख २६ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी उनको बिहान ६:३० बजे मृत्यु भएको हो ।

त्रियुगा ५ का ५० वर्षीय पुरुषको कोसी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार बिहान १:३० बजे मृत्यु भएको हो ।

झापाको दमक नगरपालिका ८ की ५६ वर्षीया महिलाको मंगलबार बिहान पनि कोसीमै मृत्यु भएको छ । उनी वैशाख १६ गते अस्पताल भर्ना भएकी थिइन् ।

विराटनगर १० का ६८ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको छ । उनी वैशाख १३ गते अस्पताल भर्ना भएका थिए ।

ranechhap