वि.सं.२०८१ चैत ११ सोमवार

देउवाले बोलाए नेपाली कांग्रेस पदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२)अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपतिले छोटो समय दिएकाले आजै काँग्रेसको बैठक बस्न लागेको छ । पदाधिकारी बैठक पछि अन्य पक्षसँग पनि बैठक बोलाउने तयारी भएको छ ।

पर्सिसम्म मात्रै समय दिइएको छ । बैठक त पार्टीको मात्रै नभएर सवैसँग बस्दैछौं’ नेता गोपालमान श्रेष्ठले भने । आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल कांग्रेसले शुरु गरेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए पछि काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा ले बहुमतीय सरकार गठनका निम्ति आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।