वि.सं.२०८३ असार १४ आइतवार

परिस्थितिको आँकलन गर्न नसक्नु सरकारको गम्भीर गल्ती: विश्वप्रकाश शर्मा

khanepani

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले परिस्थितिको आँकलन गर्न नसकेर गम्भीर गल्ती गरेका बताएका छन् ।

शर्माले जेनजीहरुको आवेग बुझ्नु सरकारको प्राथमिकता दायित्व भएपनि परिस्थितिको आँकलन गर्न नसकेको बताए । ‘जेनजीहरुमा जे कारणले आवेग छ, त्यो कुराको सम्बोधन गर्नु सरकारको प्राथमिकता दायित्व हो’ उनी भन्छन्, ‘जुनसुकै आमाले जन्माएको भए पनि सबै जेनजी हाम्रा छोराछोरी हुन् ।’

मृतकको संख्या बढेको खबरले आफू स्तब्ध बनेको उनले बताए । ‘अब सरकारले एक कदम पछाडि हटेर परिस्थिति सम्हाल्नुपर्छ’ शर्मा भन्छन्, ‘सरकारले आफ्नो विश्वास थोपरेर मात्र हुँदैन, नागरिकको विश्वास पनि लिनुपर्छ ।’

ranechhap