वि.सं.२०८३ असार १६ मंगलवार

नेपाली बजारमा तोलामा १२ सय रूपैयाँले घट्यो सुन, चाँदीको मूल्य कति?

khanepani

काठमाडौ । बजारमा सुनको भाउ घटेको। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १२ सय रूपैयाँले घटेको हो।

सोमबार प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँ पुगेको सुन मंगलबार एक लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला २३ सय १५ रूपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार प्रतितोला २३ सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रूपैयाँ न्यून हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३७.९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap