वि.सं.२०८३ वैशाख १० बिहीवार

थाक्रे गाउँपालिकाले भन्यो, शिक्षक, जनप्रतिनिधिहरुले छोराछोरी सरकारी स्कुलमा पढाउनू

khanepani

काठमाडौं । धादिङको थाक्रे गाउँपालिकाले जनप्रतिनिधिदेखि शिक्षक कर्मचारीसम्मलाई आफनो छोराछोरी सामुदायिक विद्यालयमा पढाउन आग्रह गरेका छन् ।

बैशाख ७ गते बसेको गाउँ कार्यपालिकाको बैठकले आफना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफना सन्ततीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गरी पढाउनुपर्ने निर्णय भएको हुँदा सोही अनुसार भर्ना गर्न अनुरोध गरेको हो ।

अब गाउँपालिकाका जनप्रतिनिधि, विव्यस, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक र कर्मचारीले आफ्ना छाेराछाेरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ ।

गाउँपालिकाले एक सूचना जारी गरेर सो आग्रह गरेको हो ।

ranechhap