वि.सं.२०८३ वैशाख २३ बुधवार

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

khanepani

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि थप १५ दिनको म्याद थप भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश भिमलाल बेल्बासेको इजलासले रविमाथी थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

ranechhap