वि.सं.२०८३ साउन १५ शुक्रवार

दुई सातापछि आज बसेको प्रतिनिधि सभाको बैठक साउन १९ गतेसम्मको लागि स्थगित

khanepani

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। दुई सातापछि आज बसेको बैठक साउन १९ गतेसम्मको लागि स्थगित गरिएको हो।

सभामुख डीपी अर्यालले बैठक मंगलबार दिउँसो १ बजे बस्ने जानकारी गराए। आजको बैठकमा विपक्षीदेखि सत्तापक्षकै सांसदहरूले पनि सुनसरीको कप्तानगञ्ज घटनाबारे प्रश्न उठाएका थिए।

साउन १० सुनसरीबाट सुरु भएको यो तनावग्रस्त मधेशभर फैलिसकेको छ। अवस्था साम्य हुने छाँट देखिएको छैन। अहिलेसम्म तीन जनाको ज्यान जाँदा समेत प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ मौन छन्।

आज बसेको प्रतिनिधि सभाको बैठकमा यो घटनाको जिम्मेवारी लिएर सदनमा जवाफ दिनुपर्ने माग चर्को रूपमा उठेको थियो। तर सभामुख अर्यालले बैठक नै ५ दिन पर धकेलिदिए।

यो घटनामा नैतिकताको आधारमा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्नेदेखि घटनाको उच्चस्तरीय छानबिनको समेत माग भइरहेको छ।

ranechhap