काठमाडौं । मधेसमा तनाव चर्किएपछि गृहमन्त्री सुधन गुरुङ केही सांसदहरुसहित स्थलगत अवलोकनमा जाने भएका छन् ।
आज प्रधानमन्त्री बालेन्द्र शाहसँग दोस्रोपटक भेटपछि उनी मधेस झर्न तयार भएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले मधेसका केही सांसदसहित गृहमन्त्री सुनसरी जान लागेको बताए ।
प्रधानमन्त्रीकै निर्देशनमा गृहमन्त्रीको भ्रमण तय भएको उनको भनाइ छ ।
आज सुरक्षा परिषदको बैठकपछि प्रधानमन्त्री र गृहमन्त्रीको पुन भेट भएको हो ।







































