वि.सं.२०८३ साउन १५ शुक्रवार

गोविन्द केसी डिस्चार्ज, अटोमै बसेर पुगे धर्मसाला

khanepani

कैलाली । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज गरिएको छ। स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार बिहीबार दिउँसो उनलाई अस्पतालबाट बिदा गरिएको हो।

साउन ७ गते डा. केसी कैलालीस्थित कृष्ण मन्दिर धर्मसालाको २११ नम्बर कोठाबाट अनशनमा बसेका थिए। अनशनकै क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना गरेर उपचार गरिएको थियो। अस्पतालमा उपचाररत रहँदासमेत उनले आफ्नो अनशन भने जारी राखेका थिए।

सरकारसँग ७ बुँदे सहमति भएपछि डा. केसीले साउन ११ गते आफ्नो अनशन तोडेका थिए। अनशन तोडेपछि पनि स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै केही दिन अस्पतालमै राखेर उपचार गरिएको थियो।

सेती प्रादेशिक अस्पतालले बिहीबार दिउँसो करिब ३:४० बजे उनलाई डिस्चार्ज गरेको हो। डिस्चार्जपछि डा.केसी अटो–रिक्सामा चढेर पुनः कृष्ण मन्दिर धर्मसालामा पुगेका थिए। उनी अहिले पुन अनसन बसेको कोठमा केही दिन आराम गर्ने बताएका छन् ।

चिकित्सकहरूले उनलाई केही दिन पूर्ण आराम (बेडरेस्ट) गर्न सुझाव दिएका थिए । धर्मसालामै केही दिन विश्राम गरेपछि उनी दार्चुला जाने तयारीमा रहेको उनका सहयोगीहरूले बताएका छन्।

सरकारसँग भएको सहमतिपछि अनशन अन्त्य भए पनि सहमतिको प्रभावकारी कार्यान्वयनमा आफूले निरन्तर खबरदारी गर्ने उनको भनाइ छ।

ranechhap