वि.सं.२०८३ साउन १४ बिहीवार

सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन पूर्वराष्ट्रपति भण्डारीको अपिल

khanepani

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संवेदनशील परिस्थितिलाई उच्च संयमता अपनाउन आग्रह गरेकी छन् । आज एक विज्ञप्ति जारी गर्दै कुनै प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन अपिल गरेकी हुन् ।

भण्डारीले विज्ञप्तिमा भनेकी छन्, ‘कुनै एक घटनालाई आधार बनाएर कुनै पनि सम्पूर्ण समुदायप्रति अविश्वास, द्वेष वा प्रतिशोधको भावना राख्नु हाम्रो राष्ट्रिय हित, सामाजिक संस्कार तथा लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन सक्दैन ।’

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्पराको स्वतन्त्रतापूर्वक अभ्यास गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख छ । कानुनी शासन, आपसी विश्वास र निरन्तर संवादको माध्यमबाट मात्र यस्ता समस्याको दिगो समाधान सम्भव हुने उनको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार, सम्बन्धित प्रशासनिक निकाय तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्नु, पीडितलाई न्याय सुनिश्चित गर्नु तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकहरूको विश्वास पुनःस्थापित गर्नु आवश्यक सबै कदम चाल्न आग्रह गर्दछु ।’

ranechhap