08, Nov, 2024

विराटनगरमा आज राधाकृष्ण रथ यात्रा निकालिँदै, नेपाल र भारतका लाखौँ भक्त सहभागी हुने

बागमती भ्वाइस
बागमती भ्वाइस
११ भाद्र २०८१, मंगलवार १०:१० | २ महिना अगाडी

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा आज राधाकृष्ण निकालिँदै छ । दक्षिण एसियाकै ठुलो भनिने राधाकृष्ण रथयात्रामा सहभागी हुनका लागि लाखौँको सङ्ख्यामा भक्तजनको सहभागिता हुने गरेको छ ।

रथयात्रामा सहभागी हुनका लागि भारतका विभिन्न स्थानबाट भक्तजन विराटनगरमा भेला भइरहेका छन् । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राका लागि प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

विराटनगरमा विक्रम संवत् १९८८ सालदेखि ‘खट’ यात्राबाट सुरु भएको थियो । सो घट यात्रालाई अहिले राधाकृष्ण रथ यात्राका रूपमा मनाउने गरिएको छ छ ।

२०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । यस पटक विराटनगरमा निकालिने खटको ९३ औँ र रथको ५६ औँ संस्करण हो ।विराटनगर महानगरपालिका-१ स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीसहितको रथ निकालिन्छ । रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्ने छ ।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैन, मेन रोड, ट्राफिक चोक, रोड शेष चोक, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।रथ यात्रा आज दिउँसो साढे ३ बजे राधाकृष्ण मन्दिरदेखि सुरु हुने आयोजकले जनाएको छ ।

राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । राधाकृष्ण रथयात्रा हेर्न पूर्वी नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट हजारौँ भक्तजन आउने गरेका छन् ।

रथयात्रालाई भव्य, सुरक्षित र मर्यादित बनाउन ठुलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सादा पोसाकका र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रहरीले करिब १ महिना अघिदेखि नै रथयात्रा लक्षित सुरक्षा तयारी थालेको थियो । गरेर यात्राका क्रममा हुनसक्ने चोरी, पकेटमारी र लुटपाट केन्द्रित गरेर प्रहरी सक्रियता बढाइएको हो । डिएसपी बस्नेतका अनुसार विगतमा अवाञ्छित गतिविधि गर्दै आएका र केही शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।

विराटनगरको रथ यात्रालाई आधार मनाएर अहिले कोशी प्रदेशका विभिन्न सहरहरूमा पनि राधाकृष्ण रथ यात्रा निकाल्ने गरिएको छ । विराटनगरको सिको गर्दै इटहरी दुहबी विराट चोक लगायतका सहरमा पनि आजै रथ यात्रा निकाल्न थालिएको छ ।

११ भाद्र २०८१, मंगलवार १०:१० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading