वि.सं.२०८३ वैशाख ४ शुक्रवार

नेकपा एसको उपमहासचिवमा युवापुस्ताबाट लक्ष्मण केसीको उम्मेदवारी दर्ता

khanepani

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदैछ । अहिले मनोनयन दर्ताको क्रम जारी छ ।

उपमहासचिवमा ४५ वर्षमुनिको युवापुस्ताबाट लक्ष्मण केसीले उम्मेदवारी दिएका छन् । ४ उपमहासचिव पदका लागि हुने निर्वाचनमा नयाँ पुस्ताबाट केसीको उम्मेदवारी परेको हो ।

केसीले उपमहासचिव उम्मेदवारीको १ नम्बर क्रमसंख्यामा उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि केन्द्रीय सदस्य केन्द्रीय संगठन विभागको सचिव रहेका केसीलाई अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भुसालले ग्रिन सिग्नल दिएपछि उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सल्यानका केसी लामो समयदेखि अध्यक्ष माधव नेपालको निकट सहयोगीका रूपमा काम गर्दै आएका थिए ।

यस्तै उपमहासचिवका लागि कोशी प्रदेशका पूर्वमुख्यमनत्री राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायतको पनि उम्मेदवारी परेको छ ।

ranechhap