वि.सं.२०८३ वैशाख १८ शुक्रवार

सर्वोच्च बारले भन्यो, सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुगेको छैन

khanepani

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुगेको निष्कर्ष निकालेको छ । र यसबारे गम्भीर हुन आग्रह गर्दै संसदीय सुनुवाइ समितिलाई ज्ञापन पत्र बुझाएको छ ।

न्याय परिषद्ले २८ फागुनमा सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो । अब उनीहरुको संसदीय सुनुवाइ गर्ने तयारी छ । सुवेदीको योग्यता नपुगेको भन्दै समितिमा उजुरी समेत परेको छ ।

बुधबार बसेको सर्वोच्च बारको सल्लाहकार समितिको बैठकले पनि सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुगेको भन्दै सुनुवाइ समितिको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएको थियो । त्यसअनुसार सर्वोच्च बारले शुक्रबार समितिका सभापति लक्ष्मणलाल कर्णलाई ज्ञापनपत्र बुझाएको छ ।

सुवेदीको संविधानको धारा १२९ को उपधारा ५ अनुसार योग्यता नपुगेको र संविधानको मर्म र भावना विपरीत उनको नाम सिफारिस भएको भन्दै सर्वोच्च बारले यसप्रति गम्भीर हुन आग्रह गरेको छ । उनीभन्दा धेरै सिनियर न्यायाधीशहरु उच्च अदालतमै छन्, उनलाई योग्यता नपुगे पनि सिफारिस गरेकाले संसदीय समितिले हेरोस् भनेर भनेका हौं’ सर्वोच्च बारका एक सदस्यले बताए।

सुवेदीको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा पनि मुद्दा परेको छ । यसबारे ३० चैतमा फैसला आउँदैछ ।

ranechhap