वि.सं.२०८३ भदौ २१ आइतवार

इन्डोनेसियामा अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट: २०० भन्दा बढी उडान प्रभावित, जनजीवन अस्तव्यस्त

khanepani

काठमाडौं । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि निस्किएको बाक्लो खरानीका कारण हवाई उडान र स्थानीय जनजीवन नराम्ररी प्रभावित भएको छ।

ज्वालामुखीको खरानी आकाशमा फैलिएपछि राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रियसहित २०९ उडानहरू स्थगित तथा प्रभावित भएको त्यहाँको यातायात मन्त्रालयले जनाएको छ।

शुक्रबार रातिदेखि सुरु भएको विस्फोटका कारण निस्किएको खरानी सुमात्राको लाम्पुङ तथा जाभाको बान्टेन प्रान्तसम्म पुगेको छ। खरानीको प्रभावका कारण ती क्षेत्रका विद्यालयहरू बन्द गरिनुका साथै माछा मार्ने गतिविधिमा समेत रोक लगाइएको छ।

विपद् न्यूनीकरण निकायले भने यस विस्फोटबाट तत्काल सुनामीको कुनै जोखिम नरहेको स्पष्ट पारेको छ।

ranechhap