वि.सं.२०८३ साउन १४ बिहीवार

चीनले दिएको कोरोना खोप एक साताभित्र ल्याइने

khanepani

एजेन्सी । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल ल्याइने भएको छ ।

स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताए । उनले खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय भइसकेको छ ।

चीनले नेपाललाई पटक पटक गरी ८ लाख डोज खोप दिने प्रतिवद्धता जनाएको छ । तर कुटनीतिक पहल नहुँदा समयमा खोप आउन नसकेको थिएन ।

ranechhap