वि.सं.२०८३ साउन १३ बुधवार

रास्वपाको केन्द्रीय समिति बैठक लम्बिने, अहिलेसम्म आधा केन्द्रीय सदस्यहरूले धारणा राखे

khanepani

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको दोस्रो बैठक लम्बिने भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजेदेखि जारी बैठकमा महाधिवेशनको समीक्षा सम्बन्धी पहिलो कार्यसूचीमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेको नेता गणेश पराजुलीले जानकारी दिए । उनका अनुसार ४ः२५ बजेसम्म आधा सदस्यहरूले धारणा राखेका छन् ।

‘बैठकमा सभापतिले केही ब्रिफिङ गर्नु भएको छैन । अहिले महाधिवेशनको समीक्षाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहनुभएको छ । त्यसकारण बैठक लम्बिने वाला छ। बाँकी कार्यसूचीमा प्रवेशै गरेको छैन’, उनले भने ।

दुई घण्टा ढिलो गरी सुरु भएको बैठकका पाँच वटा कार्यसूची रहेको छ । सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध कार्यसूची रहेका छन् ।

बैठक बस्नु अघि सभापति रवि लामिछानेले निर्वाचित केन्द्रीय सदस्य सस्मित पोखरेल, गीता चौधरी, निशा मेहता, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने र बिनिता कठायतलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

ranechhap