वि.सं.२०८३ साउन १३ बुधवार

नेप्सेमा आज पनि गिरावट, ४ अर्ब २ करोडको कारोबार

khanepani

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४३ कम्पनिका ९७ लाख ७७ हजार ५१२ कित्ता शेयर ४ अर्ब २ करोड ९३ लाख ९० हजार ३५१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

आज, सबै भन्दा बढी एभरेष्ट कलरको शेयरमा १४.९९ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी गरिमा समृद्धि योजनाको शेयर ६.६० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी हिमालयन पावरको २२ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने खानी खोला हाइड्रोको २१ करोड १७ लाख बराबरको कारोबार भएको छ ।

ranechhap